विराटनगर । मोरङको बेलबारी – १ मा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् ।

बेलबारी १ मा ५० वर्षीय बम बहादुर लिम्बुले ४५ वर्षीया श्रीमती गीता लिम्बुको मङ्गलबार राती १:४५ बजे हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । घरयासी विवादका कारण बम बहादुरले धारिलो हतियार प्रहार गरी श्रीमति हत्या गरेको प्रराम्भिक चराणको अनुसन्धानबाट खुलेको उनले बताए ।

श्रीमतिको हत्या गरेपछि श्रीमान बमहादुरले पनि घाँटीमा धारिलो हतियारले रेटेको उनले बताए । उपचारको क्रममा विराटनगरस्थित नोबेल हस्पिटल श्रीमान बम बहादुरकोे पनि मृत्यु भएको छ ।

घटनास्थलमा अहिले इलका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकको नेतृत्वको टोलीले अनुसन्धान गर्दै आएको छ । गीताको शव अहिलेसम्म घटनास्थलमै छभने श्रीमानको शब कोशी अस्पतालमा रहेको छ ।

बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेका थिए । उनीहरुका ८ वर्षीय छोरा छन्। उनि भने भागेर बाचेका छन् ।