हङकङ तेह्रथुम मञ्चको १५ र्औ वार्षिक भेला ३१ मार्चमा हुने भएको छ । 

मञ्चले आज पत्रकार सम्मेलन गरेर दिएका जानकारी अनुसार हङकङको चुनमुन स्युलाम स्थित स्युलाम बीबीक्यू सेन्टरमा आयोजना हुने वार्षिक भेलामा विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको छ । 

कार्यक्रमको मुख्य आकर्षणका रुपमा गोल्डेन लक्कि ड्र कार्यक्रम गरिने भएको छ । लक्की ड्रमा प्रथम पुरस्कार एक टिल सुन, दोस्रो पुरस्कार एक तोला सुन र तेस्रो पुरस्कार आधा तोला सुन रहेको आयोजक मञ्चका अध्यक्ष सुरेश इस्वोले जानकारी दिए ।

त्यस्तैगरी कार्यक्रममा उत्कृष्ट भेषभुषा, उत्कृष्ट च्याब्रुङ नाच, उत्कृष्ट हाक्पारे र उत्कृष्ट धाननाचको पुरस्कार दुई दुई जनालाई प्रदान गरिने मञ्चका सचिव शिवचन्द्र लुम्फुङ्वाले जानकारी दिएका छन् । सोहि अवसरमा स्वर्गीय तिलकसिंह थाङ्देन कविता बाचन प्रतियोगीता पनि आयोजना गरिने छ । विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ ।