राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छउपनिर्वाचनको तयारीबारे छलफल गर्न रास्वपाको बैठक।

वनस्थलीको चमतिस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी बैठकमा उपनिर्वाचनका लागि दल दर्ता र निर्वाचनको तयारीबारे छलफल भैरहेको पार्टीको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएका छन्।

उनका अनुसार इलाममा हुने उपनिर्वाचनमा भाग लिने विषयमा बैठकमा विशेष छलफल भइरहेको छ।उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र गरिएको निर्णयबारे समेत छलफल हुने प्रतिनिधिसभा सदस्य एवं सो पार्टीका केन्द्रीय सदस्य बिनिता कठायतले जानकारी दिएका छन्।