धरान रंगशालामा जारी बुढासुब्बा गोल्डकपको दोस्रो क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध एनआरटी क्लबले जित हात पारेको छ। 

एनआरटीको जितका लागि खेलको पहिलो हाफको १४ औं मिनेटमा म्यान अफ द म्याच शिशिर लेखी र दोस्रो हाफको १५ औं मिनेटमा अफिज ओलावाले गरेको गोल पर्याप्त बन्यो। 

जर्सी न २४ लगाएर मैदानमा उत्रिएका मानबहादुर आले मगरको गोलले अग्रता लिए पनि त्रिभुवन आर्मी क्लब खेलमा फर्कन नसक्दा पराजय बेहोर्न बाध्य बन्यो। 

म्यान अफ द म्याच एनआरटीका लेखीले नगद १० हजार रुपैयाँ प्राप्त गरे । भोलि हुने तेस्रो क्वाटर फाइनल खेल मोरङ जिल्ला फुटबल संघ र नेपाल पुलिस क्लबबीच दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ।