धरान । मोरङको बेलबारी नगरपालिका अन्तर्गत पूर्वपश्चिम राजमार्गमा शुुक्रबार बिहान ६:३४ बजेतिर दुर्घटना हुदा ३ जनाको ज्यान गएको छ । २ जना घााइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार ३ जनाको उपचारको क्रममा ज्यान गएको हो । थप २ जनाको विराटनगरको न्यूरो हस्पिटलमा उपचार भइरहेको छ ।

सुरूमा टिपर र नाइट बस सामान्य ठक्कर खााएपछि अनियन्त्रित हुन पुगेको टिपरले तेह्रथुम हिँड्दै गरेको बोलेरोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बोलेरोमा सवारहरूको ज्यान गएको हो । 

मृतकको नाम खुुल्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।