श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन १५ गते मङ्गलबार, २७ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन कृष्णपक्षको तृतीया तिथि भोलि ०२ः०७ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र हस्ता भोलि ०७ः४५ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः३० बजे र सूर्यास्त ०६ः०२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूको विश्वास गर्दा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।
 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ । व्यापारमा पनि फाइदा हुनेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनुयायीको साथले उत्साह जगाउनेछ । व्यावसायिक काममा चुनौती देखिए पनि घरमा लक्ष्मी भिœयाउने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेत गर्दा दिगो फाइदा हुनेछ। साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखापर्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिले रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्दा लाभ हुनेछ। काममा परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विशेष उपहार प्राप्त गर्ने समय छ । तर, पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखापर्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला । उद्योग र व्यापारमा फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरू बढ्नेछन् ।   
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि लाभ उठाउन सफल भइनेछ।