श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन १४ गते सोमबार, २६ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन कृष्णपक्षको द्वितीया तिथि २३ः२९ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र उत्तरफाल्गुनी भोलि ०४ः४१ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः३१ बजे र सूर्यास्त ०६ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यावसायिक काममा चुनौती देखिए पनि आयस्रोत सबल नै रहनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्दा लाभ हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको भर पर्नुभन्दा परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । महत्वाकाङ्क्षी योजना सार्वजनिक नगर्नु होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विशेष उपहार प्राप्त गर्ने समय छ । तर, पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिद्वन्द्वीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उद्योग र व्यापारमा फाइदा हुनेछ। चुनौती पन्छाएर पनि लाभ उठाउन सफल भइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलीको प्रभाव बढ्नाले काममा फाइदा हुनेछ । धन तथा ज्ञानको भण्डार बढ्नेछ।