श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन १३ गते आइतबार, २५ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर। फाल्गुन कृष्ण पक्षको प्रतिपदा तिथि २०ः४९ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पूर्वफाल्गुनी भोलि ०१ः३४ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०६ः३२ बजे र सूर्यास्त ०६ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।अरूको मुख ताक्ने बानीले काम बिग्रन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज अरूलाई दिने नभई धन भिœयाउने समय छ। अरूलाई दिन लागेको धनमाल आफैलाई आवश्यक पर्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझावले लाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। रोकिएका काम सुरु गर्ने समय छ। दिगो काम प्रारम्भ हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुटाउन सकिनेछ। आजको दिन रमाइलोसँग बित्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्। व्यापार बढ्नाले लाभ हुनेछ।