श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फाल्गुन १२ गते शनिवार, २४ फरवरी २०२४, पिंगल संवत्सर, माघ शुक्लपक्षको पुर्णिमा तिथि १८ः१४ बजेसम्म उप्रान्त प्रतिपदा, नक्षत्र मघा २२ः३१ बजेसम्म पुर्वफाल्गुनी, चन्द्रराशी–सिंह, सुर्याेदय ०६ः३३ बजे र सुर्यास्त ०६ः०० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले दिगो फाइदा हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिवश चिताएको काम पूरा गर्न नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ।    

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । तत्काल ठूलो फाइदा नदेखिएकाले होसियार रहनुहोला।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ । व्यापारमा पनि प्रशस्त लाभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेको सफलताले थप हौसला जगाउनेछ । जमघटकाबीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने समय छ।