श्रीलङ्कामा  सन् २०२४ मा अहिलेसम्म १५ हजारभन्दा बढी डेंगीका बिरामीहरू भेटिएका छन्। डेङ्गी सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको राष्ट्रिय डेंगी नियन्त्रण एकाइले शुक्रबार जनाएको छ।

 एकाइद्वारा गरिएको पछिल्लो अपडेट अनुसार जनवरीमा १० हजार ४१७ जनामा सङ्क्रमण पाइएको छ भने  फेब्रुअरीमा ४ हजार ९९६  जनामा सङ्क्रमण देखिएको छ।

पश्चिमी प्रान्तमा सबैभन्दा बढी ५ हजार २७५ जनामा सङ्क्रमण देखिएको छ भने उत्तरी प्रान्तमा ३ हजार ६६७  जनामा सङ्क्रमण देखिएको छ। गत वर्ष ८८ हजार जना डेंगीका बिरामी फेला परेका थिए जसमा ५७ जनाको सङ्क्रमणबाट मृत्यु भएको थियो।