श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन  ११ गते शुक्रबार, २३ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर। माघ शुक्लपक्षको चतुर्दशी तिथि १५ः४९ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र अश्लेषा १९ः३८ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०६ः३४ बजे र सूर्यास्त ०५ः५९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
केही अवसर प्राप्त भए पनि ईष्र्यालु मन भएकाहरूले सताउन सक्नेछन्।काममा समस्या आउनाले पछि परिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साझेदारीमा आन्तरिक प्रतिस्पर्धा बढ्न सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ईष्र्या गर्नेहरूले सताए पनि परिस्थितिले साथ दिनेछ। आशा नगरेको नतिजा सकारात्मक हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ।     
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगीहरूको साथ जुट्नाले रोकिएका काम सम्पादन गर्न सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।   
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज केही उपहार प्राप्त हुनेछन्। मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धनलाभ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्नेछ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगीहरूले काममा साथ दिनेछन् । पछिका लागि केही वस्तु त्याग्नुपर्ला।दिन सामान्य रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गरेका कामकाजबाट विस्तारै लाभ हुनेछ। प्रयत्न गरेमा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ।