गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङको महिला विभाग र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा हङकङमा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा मनाईने भएको छ ।

उक्त कार्यक्रममा चर्चित अभिनेतृ मनिषा कोइराला प्रमुख अतिथिका रुपमा सहभागी हुने आज विहीबार हङकङको जोर्डन स्थित एनआरएनएको कार्यालयमा आयोजीत जानकारी सभामा बताइएको छ ।

हङकङ स्थित नमोबुद्ध धर्म सेन्टर, तमु ट्हो ह्युलको महिला विभाग, किरात राई चाम्लिङ खाम्बातिमको महिला विभाग, मिसेस नेपाल हङकङ टिम, मगर महिला संघ, हेभेन्ली पाथ र तामाङ घेदुङको सह-आयोजनामा एनआरएनएको कार्यालय जोर्डनमा कार्यक्रम हुने एनआरएनएकी उपाध्यक्ष तथा नेपाली महिला संघकी महासचिव अनु राईले जानकारी दिईन् ।

डिस्ट्रिक्ट काउन्सिल मेम्बर अरुणा गुरुङकाे प्रमुख आतिथ्यमा बिहीबार भएकाे जानकारी सभामा एनआरएनएका अध्यक्ष गोकर्ण ढकाल, महिला संयोजक कविता गुरुङ, नेपाली महिला विभागकी अध्यक्ष तथा महिला सचिव राधिका गुरुङ (टिका) लगायतको उपस्थिति रहेको थियो ।