श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन १० गते बिहीबार, २२ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर । माघ शुक्ल पक्षको त्रयोदशी तिथि १३ः३८ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पुष्य १६ः५७ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०६ः३५ बजे र सूर्यास्त ०५ः५८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ । तापनि मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्दा लाभ हुनेछ । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भूमि तथा पशुधनबाट पनि फाइदा मिल्नेछ । टाढिएका आफन्त नजिकिनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले राम्रो लाभ दिलाउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुपर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । आवेशमा काम गर्दा विवादमा परिनेछ ।    
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो मिहिनेतबाट अरूले समेत फाइदा उठाउने चेष्टा गर्नेछन् । काम थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । लगनशीलताले अप्ठ्यारा परिस्थितिसमेत सहज बन्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ । चिताएको काम सम्पादन हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान–सम्मान प्राप्त हुनेछ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गरेका कामबाट धनलाभ हुनेछ । दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नाम, दाम र इनाम प्राप्त हुनेछ । भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । आश देखाउनेहरूले फसाउन सक्छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ । चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ ।