श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन ८ गते मङ्गलबार, २० फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर । माघ शुक्लपक्षको एकादशी तिथि १०ः१३ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र आद्र्रा १२ः२८ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०६ः३८ बजे र सूर्यास्त ०५ः५७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयास गर्दा सजिलै काम बन्नेछ । बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ । सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम दोहो¥याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तहरू नजिकिन सक्छन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृद्धि, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सन्तानको साथले उत्साह जगाउनेछ। मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। समय राम्रो देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ईष्र्या गर्नेहरू स्वयम् पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।