श्री शालवाहनीय शाके १९४५ ने. सं. ११४४ वि.सं. २०८० साल फागुन ७ गते सोमबार, १९ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर । माघ शुक्लपक्षको दशमी तिथि ०९ः०७ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र मृगशिरा १०ः४७ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०६ः३८ बजे र सूर्यास्त ०५ः५७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूको भर पर्दा प्रभावकारी काम नहुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
योजनामा स्वयम् जुट्नु होला । आकर्षक उपहारले उत्साह जगाउनेछ । नयाँ काम पाइने योग छ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तहरू नजिकिन सक्छन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । जटिल कामले लोभ्याउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हतारमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अवसरका लागि कडा परिश्रम गर्नुपर्ला । यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छिमेकमा केही असमझदारी देखिएला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। आफ्नाबाट भने टाढिनुपर्नेछ।आम्दानी बढ्नाले उत्साह जाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा पनि फाइदै हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनग्य रकम हातलागी हुनेछ तर, दायित्व पनि बढ्न सक्छ। सरसापटमा केही धन बाहिरिने देखिन्छ।