धरान-८ समाज हङकङले १७ औं वार्षिक भेटघाट तथा नयाँ वर्ष सन् २०२४ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

आईतबार हङकङको गोल्ड कोष्ट बीच क्याफे वानमा आयोजीत भेटघाट कार्यक्रममा सहभागी धरानेलीहरुले आपसमा शुभकामना आदान प्रदान गरे । धरान-८ समाजका अध्यक्ष बीरबहादुर श्रेष्ठको अध्यक्षता र ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संघ हङकङका अध्यक्ष खड्ग राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि राईले धरान-८ समाजले हरेक वर्ष आयोजना गर्दै आएको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमले आपसमा भाईचारको विकास गर्ने बताए । उनले समाजले धरानको विकासमा पुर्‍याउँदै आएको योगदानको पनि चर्चा गरे ।

आयोजक समाजका अध्यक्ष श्रेष्ठले धरान-८ का स्थायीवासी भई हङकङमा कार्यरतहरुलाई समेटेर आफ्नो वडाको विकासमा योगदान पुर्‍याउन गठन भएको समाजले सामाजिक सेवा मुलक कार्य गर्दै आएको बताए । कार्यक्रम समाजका सचिव जीवनकुमार लिम्बुले सञ्चालन गरेका थिए ।