श्री शालवाहनिय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फाल्गुन ५ गते शनिबार, १७ फरवरी २०२४, पिंगल संवत्सर, माघ शुक्लपक्षको अष्टमी तिथि ०८ः३० बजेसम्म उप्रान्त नवमी, नक्षत्र कृतिका ०८ः५८ बजेसम्म रोहिणी, चन्द्रराशी–वृष, सुर्योदय ०६ः३९ बजे र सुर्यास्त ०५ः५५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सुन्दर पहिरन र आगन्तुकहरूको उपहारमा मन रमाउनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सानो प्रयासले ठूलो काम बन्नेछ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मेहनत गर्दा अवसर प्राप्त हुनेछ र मनग्य धन आर्जन गर्न सकिनेछ । दैनिकीमा पनि परिवर्तन आउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

नयाँ कामको प्रस्ताव आउनेछ।आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला।प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ।    

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि केही लगानी बढाउन सकिनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कमजोरीको फाइदा उठाउन सक्छन् । अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा पनि रकम बाहिरिन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।