श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन ४ गते शुक्रबार, १६ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर । माघ शुक्लपक्षको सप्तमी तिथि ०९ः०९ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र भरणी ०८ः५८ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः४० बजे र सूर्यास्त ०५ः५५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेको सफलताले थप हौसला जगाउनेछ। स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्नेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
ईष्र्या गर्नेहरूबाट सजग रहनुहोला । आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ।   
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न भने केही समय लाग्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको मुख ताक्ने बानीले पछि परिनेछ। पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सन्तुलित व्यवहार गर्नुहोला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारमा राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गर्दा कार्यसिद्धिको समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लगनशीलताले काम बन्ने समय छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्वाकाङ्क्षी काम बन्नेछ।