श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन ३ गते बिहीबार, १५ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर । माघ शुक्लपक्षको षष्ठी तिथि १०ः२८ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र अश्विनी ०९ः३९ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि–मेष, सूर्याेदय ०६ः४१ बजे र सूर्यास्त ०५ः५४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अरूको विश्वास गर्दा धोका पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ । साँझतिर रमाइलो भेटघाट हुनेछ । अरूको उपकार गर्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।श्रम गरेअनुसार राम्रो परिणाम प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दैनिक काम सम्पादन हुनुका साथै यथेष्ट आम्दानी भइरहनेछ । आकस्मिक खर्च बढ्नाले सरसापट लिनुपर्ने हुनसक्छ ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानीसमेत बढाउनेछ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम साँझतिर हातलागी हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पेसा–व्यवसायमा मनग्य लाभ हुनाले धन सञ्चय हुनेछ।मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसर तथा सफलताले पछ्याउनेछ । टाढिएका मित्रगण नजिकिनाले मन प्रसन्न रहनेछ।