प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी हङकङले चिनियाँ नयाँ वर्षको अवसरमा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

मङ्गलबार हङकङको जोर्डन स्थित याक एन्ड यति रेष्टुरेन्टमा शुभकामना आदान प्रदान गरिएको हो । मञ्चका हङकङ अध्यक्ष सत्य घलेको अध्यक्षता तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा.राजन भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा विशेष अतिथिका रुपमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा प्रवासी नेपाली मञ्च पूर्वी एसिया महादेश कमिटी इञ्चार्ज भक्त गुरुङ, अमेरिका महादेश कमिटी इञ्चार्ज प्रभु थापा, अन्तर्राष्ट्रिय कमिटीकी महिला विभाग उपप्रमुख जानकी कार्की, पूर्वी एसिया कमिटी सदस्य दलहाङ नेम्बाङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा आयोजक कमिटीका उपाध्यक्ष वसन्त राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव भीम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।