श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन २ गते बुधबार, १४ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर, माघ शुक्लपक्षको पञ्चमी तिथि १२ः२७ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र रेवती १०ः५८ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि–मीन, सूर्याेदय ०६ः४२ बजे र सूर्यास्त ०५ः५३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छरछिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। उधारोमा व्यापार गर्नुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने देखिन्छ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च लागे पनि दिगो काम फेला पर्नेछ।आम्दानीका स्रोत भेटिए पनि धेरै फाइदा उठाउन नसकिएला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ । श्रमको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानी र सञ्चित रकमसमेत खर्चनु पर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत् धन जुट्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिगो फाइदा हुने जिम्मेवारी भने प्राप्त हुनेछ।सफलताले हिम्मत दिलाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मान–सम्मान प्राप्त होला । समयले दाम र इनाम दिलाउन सक्छ। प्रतिष्ठित कामले धेरैको मन जित्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विभिन्न अवसर प्राप्त भए पनि अरूका लागि बुद्धि र समय खर्चनु पर्ला । परिस्थितिवश आँटेको काम रोकिन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। तर, लक्ष्यमा पुग्न समय लाग्नेछ। काममा निकै मिहिनेत गर्नु पर्नेछ।