दिल्ली प्रहरीले किसानहरूको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ। सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी गरिएको छ।

दिल्ली वरपरको अन्तर(राज्य सीमानाहरूमा भारी सुरक्षा तैनाथी  गरिएको छ सयौं किसानहरू यी प्रवेश र निकास बिन्दुहरूमा चिसो जाडोको सामना गर्दै सडकहरूमा धर्नामा बसिरहेका देखिन्छन्। किसानले आफ्नो बालीको न्यूनतम समर्थन मूल्य बृद्धि, किसान र कृषि मजदुरलाई पेन्सन, कृषि ऋण माफी, विगतका आन्दोलनमा  लागेका प्रहरी मुद्दा फिर्ता गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन्।

उनीहरुले विभिन्न राज्यका करिब २सय किसान संघले मङ्गलबार दिल्लीमा आयोजना गरिने विरोध प्रदर्शनमा भाग लिने बताएका छन्। यसैबीच किसान युनियन र संघीय मन्त्रीहरूको समूहबीच समस्या समाधानका लागि वार्ता शुरु भएको बताइएको छ।