बराहक्षेत्र–२ बयरवनस्थित हिमालयन इङ्ग्लिस स्कुलको ३३ औ वार्षिकोत्सबको अवसरमा सांगीतिक उत्सव सम्पन्न भएको छ ।

उत्सवमा वरिष्ठ गायक दीप श्रेष्ठले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

त्यसैगरी कार्यक्रममा संखुवासभा आईडलका प्रतिष्पर्धी, मेरिना राई, विवेक पान्डे, स्कुलका विद्यार्थी राजेश परियार, रचित दुलालले गीत गाएका थिए । कार्यक्रममा विद्यार्थीका साथै शिक्षिकाहरुले पनि नृत्य प्रस्तुत गरेका थिए ।

IMG_20240211_161926 (1)

एनप्याब्सन सुनसरीका अध्यक्ष  युवा राईको प्रमुख आतिथ्यतामा र स्कुलका प्रिन्सिपल आलोक श्रेष्ठको अध्यक्षतामा सम्प्नन उत्सवका अवसरमा विद्यालयका संयोजक प्रदीप ठकुरीलाई उत्कृष्ठ शिक्षक सम्मान प्रदान गरिएको थियो । त्यस्तै गत वर्षको एसईई परीक्षामा उत्कृष्ठ अंक ल्याउने रेसिका मगर र लेनिसा श्रेष्ठलाई सम्मान गरिएको थियो ।