श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल माघ २२ गते सोमबार, ५ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर। माघ कृष्णपक्षको दशमी तिथि १७ः४२ बजेसम्म, उप्रान्त एकदशी, नक्षत्र अनुराधा ०८ः०९ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः४८ बजे र सूर्यास्त ०५ः४७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनु होला। नतिजा सच्याउन काम दोहो¥याउनु पर्ला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

 लगनशील भएर प्रयत्न गर्दा विस्तारै कामको अवरोध हट्न सक्छ।छोटो समयमा मनग्य फाइदा हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। व्यापारको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

परिस्थिति अनुकूल रहे पनि सुविधाका लागि खर्च बढ्न सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रयत्न गरे स्रोतसाधन जुटाउन सकिनेछ। पछिका लागि लगानी गर्नुपर्ने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

खर्च बढे पनि दिन उत्साहजनक रहनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

लामो यात्राको प्रक्रिया पनि अघि बढ्नेछ।स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला।