श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल माघ २१ गते आइतबार, ४ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर ।

माघ कृष्ण पक्षको नवमी तिथि १८:०८ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र विशाखा ०७:३६ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०६:४५ बजे र • सूर्यास्त ०५:४६ बजे हुनेछ ।

हेरौं आजको राशिफल:

मेष (चु, चे, चो, ला, लि, लुि, द, ले, लो, अ)
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धनलाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायका लागि यात्राको सम्भावना छ। सुमधुर सम्बन्धले प्रेम र मित्रताको बन्धन कसिने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। व्यापारलगायत आर्थिक लाभ हुने कामबाट मनग्य फाइदा हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुयाउनु होला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। बौद्धिक व्यक्तित्वहरूसँग अनावश्यक प्रतिस्पर्धा हुन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेत गरे अध्ययनमा प्रगति हुनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ । समयमा सहयोग नजुट्नाले अवसर उम्किन सक्छ।