श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल माघ १९ गते शुक्रबार, २ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर। माघ कृष्ण  पक्षको सप्तमी तिथि १६ः२१ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र स्वाती भोलि ०६ः१२ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि–तुला, सूर्याेदय ०६ः५० बजे र सूर्यास्त ०५ः४४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सङ्घर्षपूर्ण देखिए पनि दिन मनोरञ्जनपूर्ण र उत्साहबद्र्धक रहनेछ । व्यापार बढ्नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

केही भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला । आफन्तहरूको साथ जुट्नेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

बिहानको समय सानोतिनो समस्यामा अलमलिनु पर्ला। नतिजा सच्याउन काम दोहो¥याउनु पर्ने देखिन्छ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मिहिनेतीहरूका लागि दिन उत्साहजनक नै रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ।   

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

धनमाल सुरक्षामा सजग रहनुहोला। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईष्र्या गर्नेहरूले हार खानेछन्। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

यात्रा गर्दा स्वास्थ्यमा ध्यान दिनुहोला । बिहानको काम सन्तोषजनक नभए पनि विस्तारै मनको डर हराउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ । अग्रजको सहयोग लिँदा राम्रो हुनेछ । योजना सार्वजनिक नगर्नुहोला। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ।