श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल माघ १७ गते बुधबार, ३१ जनवरी २०२४, पिङ्गलनाम संवत्सर । माघ कृष्णपक्षको पञ्चमी तिथि ११ः५२ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र हस्ता भोलि ०१ः२१ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः५१ बजे र सूर्यास्त ०५ः४३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
वादविवादमा अलमलिनु पर्दा काममा बाधा पुग्नेछ। ईष्र्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोशिस गर्नेछन् । जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने विरोधीहरूले हार खानेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले उपलब्धि दिलाउनेछ । सुसमाचारले दिन उत्साहपूर्ण रहनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मान–सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य धनलाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ । हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गरे साथीभाइसँगको असमझदारी सम्झौतामा टुङ्गिनेछ। पशुपालनबाट सामान्य फाइदा मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दोहो¥याएर प्रयत्न गर्दा रोकिएको कामसमेत बन्न सक्छ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने हुन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिस्पर्धामा उत्रनु परे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विभिन्न अवसरले सफलताको यश पनि दिलाउन सक्छ । भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामले प्रतिष्ठा दिलाउनेछ । नियमित काम बने पनि आफ्नै सहयोगीहरू काममा बाधक बन्न सक्छन् ।