श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल माघ १६ गते मङ्गलबार, ३० जनवरी २०२४, पिङ्गलनाम संवत्सर । माघ कृष्णपक्षको चतुर्थी तिथि ०९ः०८ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र उत्तरफाल्गुनी २२ः१८ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः५१ बजे र सूर्यास्त ०५ः४२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनमा राम्रो प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गुरुजनको सुझाव र सन्तानको सहयोगले फाइदा उठाउन सकिनेछ । परिवारजनलाई धेरै समय दिनुपर्ने हुनसक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुनेछ ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । तत्काल फाइदा नहुने काममा समय बित्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दोहो¥याएर प्रयत्न गर्दा काम सम्पादन हुनेछ । तर, परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अग्रजहरूको सहयोग जुट्नुका साथै पराक्रमी काम सम्पादन हुनेछ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारबाट मनग्य फाइदा हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ । पहिलेका समस्या समाधान हुनाले थप अवसर पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
निरन्तर लागिपर्दा अप्ठ्यारा परिस्थितिसमेत सहज बन्नेछन् । सानो गल्तीले विवादमा परिएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा पनि दुःख पाइनेछ ।