श्री शालवाहनीय शाके १९४३, ने.सं. ११४४ पोहेलाथ्व पुन्नी, वि.सं. २०८० साल माघ १२ गते शुक्रबार, २६ जनवरी २०२४, पिङ्गलनाम संवत्सर । माघ कृष्णपक्षको प्रतिपदा तिथि भोलि ०१ः३२ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पुष्य १०ः३९ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०६ः५३ बजे र सूर्यास्त ०५ः३९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ । मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्राउने समय छ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले दिगो फाइदा हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिवश चिताएको काम पूरा गर्न नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। ठूलो फाइदा नदेखिएकाले हिसाबकिताबमा होसियार रहनुहोला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुनसक्छ । कामले राम्रो उपलब्धि दिलाउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दाम र नाम कमाउने समय छ।बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेको सफलताले थप हौसला जगाउनेछ । स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ।