श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल माघ ११ गते बिहीबार, २५ जनवरी २०२४, पिङ्गलनाम संवत्सर। पुष शुक्लपक्षको पुर्णिमा तिथि २३ः३८ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र पुनर्वशु ०८ः३० बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि कर्कट, सूर्योदय ०६ः५३ बजे र सूर्यास्त ०५ः३८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यावसायिक काममा चुनौती देखिए पनि घरमा लक्ष्मी भिœयाउने समय छ। मिहिनेत गरे दिगो फाइदा हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहो¥याएर प्रयत्न गरे लाभ हुनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूको सुझावमा भर नपर्नुहोला। आफन्त र परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महŒवाकाङ्क्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा सफलता मिल्नुका साथै विशेष अवसर प्राप्त हुनेछ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा पनि फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पशुपालन र कृषिबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। पुरानै कामका लागि दौडधुप गर्नुपर्नेछ।
 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठगीमा परिने समय रहेकाले धनमालको सुरक्षामा सजग रहनुहोला । परिस्थितिवश व्यवहारमा पछि परिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्ना कामबाट अरूले लाभ उठाउन सक्नेछन्।सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ । प्रेमको बन्धन कसिनेछ । व्यक्तित्वमा निखारता आउनेछ।