श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल माघ १० गते बुधबार, २४ जनवरी २०२४, पिङ्गलनाम संवत्सर । पुष शुक्ल पक्षको चतुर्दशी तिथि २२ः०७ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र पुनर्वशु भोलि ०८ः३० बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०६ः५४ बजे र सूर्यास्त ०५ः३७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अनावश्यक हल्लाको पछि लाग्दा दुःख पाइनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखापर्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शत्रुभाव राख्नेहरूबाट सजग रहनुपर्ला। बुद्धिको उपयोगले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भौतिक साधन जुट्नाले काममा भने उत्साह जाग्नेछ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ गर्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले प्रतिस्पर्धामा जिताउन सक्छ।अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभाव फाइदा दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ।