श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल माघ ९ गते मङ्गलबार, २३ जनवरी २०२४, पिङ्गलनाम संवत्सर । पुष शुक्लपक्षको त्रयोदशी तिथि २०ः५९ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र आद्र्रा भोलि ०६ः४२ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०६ः५४ बजे र सूर्यास्त ०५ः३६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले ठूलै काम पनि सम्पादन हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापारमा मनग्य फाइदा हुनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा फजुल खर्च पनि बढ्न सक्छ, सजग रहनुहोला।आफन्तसँग भेटघाट हुने रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पेसातर्फ नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । काम गर्दै नाम र दाम कमाउने बेला छ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापारमा मनग्य फाइदा हुनेछ । खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।
 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको विश्वास गर्दा धोका पाइनेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ।तीर्थयात्राको योग रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूको फाइदाका लागि उपयोग भइनेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ईष्र्या गर्नेहरूले काममा अवरोध पु¥याउलान्। आंशिक फाइदा भए पनि आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्।