श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल माघ ५ गते शुक्रबार, १९ जनवरी २०२४।पिंगल संवत्सर, पुष शुक्ल नवमी तिथि २०ः१० बजेसम्म उप्रान्त दशमी, नक्षत्र भरणी भोलि ०३ः०६ बजेसम्म कृतिका, चन्द्रराशि–मेष, सुर्योदय ०६ः५५ बजे र सुर्यास्त ०५ः३३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बोली र विचारका प्रशंसकहरू बढ्नेछन् । धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेका कमजोरी सच्याउने अवसर पनि प्राप्त हुनेछ । करकापमा परी काममा जुट्नुपर्ने अवस्था रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । विवाद बढ्ने समय रहेकाले महत्वाकांक्षी योजनामा अघि नबढ्नुहोला । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरका लागि भने केही दौडधुप गर्नुपर्ने देखिन्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ । नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । प्रयत्न गर्दा आम्दानीका स्रोत भने फेला पर्नेछन् । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पछिका लागि लगानी गर्न सकिनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।