श्री शालवाहनीय शाके १९४३ ने.सं.११४४ वि.सं. २०८० साल माघ ४ गते बिहीबार, १८ जनवरी २०२४, पिङ्गलनाम संवत्सर । पुष शुक्ल अष्टमी तिथि २१ः०० बजेसम्म, उप्रान्त नवमी, नक्षत्र अश्विनी भोलि ०३ः१२ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः३२ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। समयमा होस नपुग्नाले काम बिग्रनेछ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट अरूले लाभ उठाउनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आक्षेप लगाउन सक्रिय हुनेहरू सहयोग गर्न पछि हट्नेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ। सरसापट वा कर्जामार्फत् धन जुट्नेछ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनसक्छ। खर्च गरेर पनि त्यति लाभ उठाउन नसकिएला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

काममा जग बसाउने मौका छ । पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफन्तसँगको भेटघाटले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कीर्तिमानी काम गर्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । सामाजिक दायित्व बढ्नेछ । पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । शरीरमा कमजोरी अनुभूति हुनेछ ।