हङकङ स्थित याउ चि मोङ डिस्ट्रिककी काउन्सिलर अरुणा गुरुङ सहित चानिज काउन्सिलरहरुलाई द नेप्लिज एसोसिएशन हङकङले आइतबार एक समारोह बीच भव्य सम्मान गरेको छ ।

एसोसिएसनका अध्यक्ष प्रदिप थापाको अध्यक्षता र नेपाली महावाणिज्यदुत डा.उदय बहादुर राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा हङकङको इतिहासमै पहिलो पटक निर्वाचित नेपाली मुलकी डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङका साथै हाउड गौन, एन आउ चोर क्वान, लिका हिन, मिस्टर बेन्जामिन चोए, क्रिस इप, इडमण्ड चुङ, क्राङ जो, लाउ पाक केइ, बेन्नि योङ, एलेक्स पुन र भिसेन्ट चेङलाई खदा, नेपाली टोपी र गम्छा ओढाउदै मायाको चिनो दिएर सम्मान गरिएको थियो । 

सोही अवसरमा हालसालै विद्यावारिधी गरेका नेपाली महावाणिज्यदुत डा.उदय बहादुर राना, डा.दिव्या दर्शन गुरुङ, क्याप्टेन रामसिंह थापा, मिस हङकङ नेपाल-२०२३ अञ्जना पुन तथा टिम लगायत विभिन्न अग्रज २ दर्जन बढी व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

जोर्डनस्थित ब्लु ओसन रेष्टुरेण्टमा दिवा भोज सहित आयोजना गरिएको उक्त कार्यक्रमा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, च्याम्बर अफ कमर्सका अध्यक्ष लव कुमार गुरुङ, एन.आर.एन.ए.का अध्यक्ष गोकणर् ढकाल, डा. चुरा थापा, टंक राना, टिका गुरुङ, हर्क राना, आदिवासी जनजाती महासंघका निवर्तमान अध्यक्ष कृष्णराज लावती लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

1-3-300x188