श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल माघ ३ गते बुधबार, १७ जनवरी २०२४, पिङ्गलनाम संवत्सर । पुष शुक्ल सप्तमी तिथि २२ः२१ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र रेवती भोलि ०३ः४६ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः३२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुनसक्छ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छरछिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनु पर्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने देखिन्छ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च लागे पनि दिगो काम फेला पर्नेछ।आम्दानीका स्रोत भेटिए पनि धेरै फाइदा उठाउन नसकिएला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ । श्रमको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भएको आम्दानी र सञ्चित रकमसमेत खर्चनुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत् धन जुट्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिगो फाइदा हुने जिम्मेवारी भने प्राप्त हुनेछ।सफलताले हिम्मत दिलाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। आफन्तसँगको भेटघाटले समेत उत्साह बढाउला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला। दिन राम्रै रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विभिन्न अवसर प्राप्त भए पनि अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। परिस्थितिवश आँटेको काम रोकिन सक्छ।