श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० माघ २ गते मङ्गलबार, १६ जनवरी २०२४, पिङ्गला संवत्सर, पुष शुक्ल षष्ठी तिथि भोलि ००ः१३ बजेसम्म  उप्रान्त सप्तमी, नक्षत्र उत्तरभाद्र भोलि ०४ः५१ बजेसम्म रेवती, चन्द्रराशि–मीन, सुर्योदय ०६ः५५ बजे र सुर्यास्त ०५ः३१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउने छ ।  उचित मूल्याङ्कन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले लक्ष्यमा पु¥याउनेछ । विभिन्न स्रोत–साधन जुट्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अड्किएको रकम उठ्नेछ र धन संग्रह पनि हुनेछ । थन्किएका वस्तुको उपयोग हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कीर्तिमानी काम गर्ने समय छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । साथीभाइको सहयोगले हिम्मत दिलाउने छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा मनग्य फाइदा हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भाग्यले विभिन्न अवसर जुराउनेछ । तर काममा व्यवधान समेत उत्तिकै देखापर्ने छन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यका लागि खानपानमा ध्यान पु¥याउनुहोला। साथ दिनाले पहिलेको चुनौती समाप्त होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काम देखाएर अरूको मन जित्न सकिने छ । दाम र प्रतिष्ठा कमाउने बेला छ ।