श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल माघ १ गते सोमबार, १५ जनवरी २०२४, पिङ्गलनाम संवत्सर। पुष शुक्ल पञ्चमी तिथि भोलि ०२ः३३ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र शतभिषा ०८ः२३ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः३० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिष्ठित काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। दीर्घकालीन काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेत परे पनि कामको जग बसाउने अवसर प्राप्त हुनेछ। सामाजिक काममा रुचि बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। पहिले प्रतिस्पर्धा गर्नेहरू स्वतः पछि हट्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले निकास पाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लक्ष्यअनुसारको काम बन्नेछ। पेसा–व्यवसायमा लाभ हुनेछ।अस्वस्थताले कमजोरी अनुभूति हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले काम बिग्रन सक्छ। परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ।