श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल पुस २९ गते आइतबार, १४ जनवरी २०२४, पिङ्गलनाम संवत्सर । पुष शुक्लपक्षको तृतीया तिथि ०८ः२१ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र धनिष्ठा १०ः४१ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । समाजले पदीय दायित्व दिलाउन सक्छ ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिष्ठित व्यक्तिहरू नजिकिन सक्छन् । काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम गर्न सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला । परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनु पर्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । उचित मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूको करकापमा काम गर्न बाध्य भइनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने स्थिति आउन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । सम्भावना देखिए पनि फाइदा उठाउन नसकिएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन् । श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । पछिका लागि अवसर खोजी गर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पेसा–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यापार बढ्नेछ भने आम्दानी पनि प्रशस्तै हुनेछ।