श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल पुस २४ गते मङ्गलबार, ९ जनवरी २०२४, पिङ्गलनाम संवत्सर । पुष कृष्णपक्षको त्रयोदशी तिथि २२ः४३ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र ज्येष्ठा २१ः२६ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामकै लागि दौडधुप गर्नु पर्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य कमजोर रहनेछ, आहारविहारमा सजग रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो भेटघाट हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । श्रमको उचित मूल्य पाइनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। मिहिनेतले छोटो समयमै उपलब्धि हातलागी हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। धेरैले मित्रताका हात अघि बढाउनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गरे जटिल कामसमेत सम्पादन हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हात पर्नेछ । लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्।