श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल पुस २३ गते सोमबार, ८ जनवरी २०२४, पिङ्गलनाम संवत्सर, पुष कृष्णपक्षको द्वादशी तिथि भोलि ००ः१५ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र अनुराधा २२ः१७ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। खानपान एवम् मनोरञ्जनमा रमाउने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा मनग्य आम्दानी बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन् । आहार–विहारमा ध्यान पु¥याउनु होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम लिन सकिनेछ। केही खर्च भए पनि काम बन्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। भौतिक साधन प्राप्त हुनेछन्। व्यापार–व्यवसाय बढ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रियजनसँग भेटघाट हुनेछ । आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तहरूको साथ जुट्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विवादमा अघि नसर्नु होला, मिहिनेतले काम बन्नेछ।कामको मेसो नमिल्दा केही अलमल हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयमा गम्भीर नबन्दा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहार–विहारमा ध्यान पुर्याउनु होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिस्पर्धामा उत्रनु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ । जटिल कामसमेत सम्पादन गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । काममा बाधा पुर्याउनेहरू देखा पर्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । साझेदारीमा असमझदारी बढ्नेछ ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला।