श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल पुस २२ गते आइतबार, ७ जनवरी २०२४। पिंगल संवत्सर। पुष कृष्णपक्षको एकादशी तिथि भोलि ०१ः०१ बजेसम्म उप्रान्त द्वादशी, नक्षत्र विशाखा २२ः२१ बजेसम्म अनुराधा । चन्द्रराशि–तुला। सुर्योदय ०६ः५५ बजे र सुर्यास्त ०५ः२४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
छोटो समयमा मनग्य फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थिति अनुकूल रहे पनि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ।कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ।मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। मिहिनेत गर्दा बिस्तारै उपलब्धि प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
केही पारिवारिक समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धिको उपयोगले समस्या सुल्झनेछ। अरूलाई समेत आफ्नो पक्षमा ल्याउन सकिनेछ ।