श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल पुस २० गते शुक्रबार, ५ जनवरी २०२४, पिङ्गलनाम संवत्सर । पुष कृष्णपक्षको नवमी तिथि भोलि ००ः०१ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र चित्रा २०ः०१ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । मनग्य फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । कामको मेसो नमिल्दा पछि परिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूका लागि बुद्धि खर्चनु पर्ला । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला । अवसर र व्यवधानका बीच कर्मयोग अघि बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो काम रोकिन सक्छ । अरूका लागि उपयोग भइनेछ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सानो असमझदारीले आफन्तजन टाढिन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । कर्मयोगले नयाँ मोड लिनेछ ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।