श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल पुस १९ गते बिहीबार, ४ जनवरी २०२४, पिङ्गलनाम संवत्सर । पुष कृष्णपक्षको अष्टमी तिथि २२ः१९ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र हस्ता १७ः४५ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामले महŒवाकाङ्क्षा बढाउन सक्छ।छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सम्झौता गर्नुपरे पनि गरेको कामले आशा भने जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुनसक्छ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल प्राप्त नहुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्ने देखिन्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा अरूको भर नपर्नु होला । रोकिएका काम दोहो¥याउनु पर्ला । अरूले फाइदा उठाउन सक्नेछन्।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तसँग मतभेद हुनेछ । बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।