श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल पुस १८ गते बुधबार, ३ जनवरी २०२४, पिङ्गलनाम संवत्सर । पुष कृष्णपक्षको सप्तमी तिथि २०ः०३ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र उत्तरफाल्गुनी १४ः५८ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः५४ बजे र सूर्यास्त ०५ः२१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नु पर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा धेरै समय दिन नसक्दा पछि परिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। साँझतिर स्थितिमा सुधार आउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आँटेको काम गर्न सफल भइनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन् । रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्दा लाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सबैको साथ–सहयोगले काम गर्न सकिनेछ । श्रम परे पनि प्रतिफल प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूका काममा धेरै समय अलमल होला। अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हडबडको त्रुटिले काम दोहो¥याउनु पर्ला। केही घरायसी समस्याले आफन्त टाढिन सक्छन्।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूको बारेमा चासो राख्दा स्वयम् समस्यामा परिएला । अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। मिहिनेतीहरूलाई सामान्य फाइदा हुनेछ।