श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल पुस १७ गते मङ्गलबार, २ जनवरी २०२४, पिङ्गलनाम संवत्सर। पुष कृष्णपक्षको षष्ठी तिथि १७ः२५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पुर्वफाल्गुनी ११ः५४ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः५४ बजे र सूर्यास्त ०५ः२० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मान–सम्मान प्राप्त हुनेछ । व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चिताएका काम सम्पादन हुनेछन्। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सहपाठीहरू पछि पर्नेछन् । विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमल होला । स्वास्थ्य प्रतिकूल बन्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नतिजामा सुधार ल्याउन काम दोहो¥याउनु पर्ला। अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धेरै फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउन सक्छ। मिहिनेत गरे अध्ययनमा प्रगति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। चिताएको काम रोकिनाले उद्देश्य प्राप्त गर्न समय लाग्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ला। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला। तत्काल फाइदा नहुने काममा अलमल हुनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनु होला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समस्या दर्शाउँदा सहयोगी फेला पर्नेछन् । बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।