श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल पुस १६ गते सोमबार, १ जनवरी २०२४, पिङ्गलनाम संवत्सर । पुष कृष्णपक्षको पञ्चमी तिथि १४ः४३ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र मघा ०८ः४८ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः५४ बजे र सूर्यास्त ०५ः१९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पशुपालन तथा कृषिक्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हतार गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बेसुरमा दिएको वचनले समस्या पर्नेछ। असंयम व्यवहारले साथीभाइ टाढिन सक्छन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थिति प्रतिकूल हुनाले पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। योजना गोप्य राख्नुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ । जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपु¥याउँदा समस्या पर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काममा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन्। दाजुभाइमा असमझदारी बढ्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेको हुँदा सजग रहनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सावधानीले उपलब्धि जोगिनेछ।अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि परिनेछ।