श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल पुस १५ गते आइतबार, ३१ डिसेम्बर २०२३, पिङ्गलनाम संवत्सर। पुष कृष्ण पक्षको चतुर्थी तिथि १२ः१० बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र मघा भोलि ०८ः४८ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः५३ बजे र सूर्यास्त ०५ः१९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दोहो¥याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ।प्रयत्न गरे ठूलो काम सम्पादन हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गरिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा प्रगति हुनेछ भने चिताएको कामसमेत सम्पादन हुनेछ। पहिलेका कमजोरी सुधार्ने मौका पाइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ।सहयोगीहरू प्रशस्तै भेटिनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। धन आर्जन गर्न सकिनेछ।