श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल पुस १३ गते शुक्रबार, २९ डिसेम्बर २०२३, पिङ्गलनाम संवत्सर । पुष कृष्णपक्षको द्वितीया तिथि ०८ः१३ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र पुष्य भोलि ०३ः२० बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०६ः५३ बजे र सूर्यास्त ०५ः१७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । रमाइलो जमघटमा सहभागी भइएला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । समयमै काम सम्पादन गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारमा मनग्य फाइदा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आकस्मिक कामले खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत पनि केही कमजोर बन्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुहोला। व्यवसायमा लगानी थप्नुपर्ने हुनसक्छ।