श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल पुस १२ गते बिहीबार, २८ डिसेम्बर २०२३, पिङ्गलनाम संवत्सर । पुष कृष्ण  पक्षको द्वितीया तिथि ०७ः०० बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र पुनर्वशु भोलि ०१ः१५ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०६ः५२ बजे र सूर्यास्त ०५ः१७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। दिन राम्रो देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । भौतिक साधन जुटाउने अवसर मिल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनग्य धनलाभ हुनाले सोख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्रसमेत फराकिलो बन्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रयास गर्दा सजिलै काम बन्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्।